
काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेल शुरु भएको छ । खेल नेपाली समयअनुसार ९:४५ बजेबाट शुरु भएको हो । माल्दिभ्समा जारी साफको तेस्रो खेलमा नेपालले भारतको समना गर्नेछ ।
सुरुका दुई खेल जितेको नेपाल ६ अंकसहित तालिकाको शिर्ष स्थानमा रहेको नेपालले अंक तालिकाको चौंथो स्थानमा रहेको भारतसँग खेल खेलिरहेको हो ।
भारत फिफा र्याङ्किङको १०७ स्थानमा रहेको टीम हो भने नेपाल फिफा र्याङकिङको नेपाल १६८ औ स्थानमा रहेको छ । यसरी हेर्दा नेपाल भारतको फिफा र्याङकिङमा ६१ स्थान तलमाथि छ । नेपालले साफमा बलियो टीमसँग प्रतिस्पर्धा गरिरहेको हो ।