२४ आश्विन २०७८, आईतवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार २३७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६५ जना र ३ हजार १६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९५ हजार १९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनामुक्त भए, १० को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ७१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७६ हजार ८ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४ सय ४ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ३९ हजार जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV