२४ आश्विन २०७८, आईतवार

काठमाडौँ । सर्वोच्च अदालतले आइतबार राति माइतीघर मण्डलाबाट पक्राउ परेकी नेपालगञ्‍जकी रुवी खानलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश जारी गरेको छ।

उनको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले खानलाई अदालतमा २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो ।

अधिवक्ता मोहना अन्सारीले आइतबार दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायधीश दिपककुमार कार्कीको इजलासले खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

घरेलु हिंसापीडित महिलालाई न्याय माग गर्दै नेपालगञ्जदेखि पैदल यात्रा गरेर काठमाडौं आएका टोली माइतीघरमा धर्नामा बसेको थियो । सोही टोलीको सदस्य रुवी खानलाई प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको थियो ।

 

LIVE TV