२४ आश्विन २०७८, आईतवार
  • ज्योति कुमार पन्थी

बर्दिया । दलित महिला संघ बर्दियाको आयोजनामा महिला र दलितका कानुनी अधिकार र राज्य का कानुनी व्यवस्था सम्बन्धि सचेतना जगाउने उद्देश्यका साथ दुई दिने कानुनी सचेतना तालिम सम्पन्न भएको छ । बढैयाताल गाउँपालिकाको मैनापोखरमा आयोजना गरिएको उक्त कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमले कानुनमा भएका व्यस्थाको बारेमा जानकारी भएको बढैयाताल गाउँपालिका वडा नं १ का जुना बिकले बताउनुभयो । दुई दिन सम्म सञचालन गरिएको तालिममा दलित समुदायका हक अधिकारका विषयमा जानकारी गराइएको दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनारले बताउनुभयो ।

दलित महिला संघ बर्दियाले बिगत एक दशक देखि बर्दियाको गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा दलित समुदायको हक अधिकारको विषयमा काम गर्दै आई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV