२४ आश्विन २०७८, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले जिल्ला अधिवेशन गर्ने म्याद थप गर्ने निर्णय गरेको छ ।

तीन अध्यक्षसहित बसेको केन्द्रीय विशेष समितिको बैठकले कार्तिक १४ गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद थप गर्ने निर्णय गरेको हो । कार्तिक २७–३० सम्म हुने महाधिवेशनको मिति भने यथावत रहेको जनाइएको छ ।

असोज २० गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद थपेको थियो । तर उक्त अवधिमा ५२ जिल्लाको अधिवेशन सम्पन्न भएपछि म्याद थप गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV