२४ आश्विन २०७८, आईतवार

काठमाडौँ । मोडल गरिमा शर्मा र सुधिर श्रेष्ठ एकसाथ फेरि नयाँ म्युजिक भिडियोमा देखिएका छन्। अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको ‘राधा पियारी’ मा यो जोडीलाई फिचर्ड गरिएको छ।

यस गीतमा वरिष्ठ संगीतकार तथा गायक वसन्त सापकोटा र चर्चित गायिका मेलिना राईको युगल गायन समावेश छ । स्वयम् वसन्त सापकोटाले संगीतबद्ध गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।

कमेडी फ्लेवरमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। सन्तोष राजबहाकले कोरियोग्राफी गरेको भिडियोमा उत्सव दहालले छायांकन रहेको छ। भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन्।

काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। भिमा लोहार प्रस्तुतकर्ता रहेको यस भिडियोलाई गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV