२४ आश्विन २०७८, आईतवार

दान बहादुर बुढा

असोज । कोभिडबिरुद्धको लडाइमा खटिने संस्था र कर्मचारीलाई स्वास्थ्य सेवा कार्यालय मुगुले सम्मान गरेकाे दिएको छ ।

आ.व २०७७\७८ को जिल्ला स्तरिय बार्षिक समिक्षा गोष्ठीमा मुगु जिल्लामा रहेका चार स्थानीय तहले प्रस्तुत गरेको कार्य सम्पादन प्रस्तुति र नागरिकको ज्यान बचाएको भन्दै ४ स्थानीय तहलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा प्रथम खत्याड गाँउपालिका, दोस्रो छाँयानाथ रारा नगरपालिका, तेस्रो मुगमकामारोङ्ग गाँउपालिका चौथो सोरु गाँउपालिका बनेकाे छ ।

त्यस्तै कोभिडको समयमा आफ्नो जिउ ज्यानको प्रवाह नगरी राता-दिन  नागरिकको सुरक्षामा खटिएको भन्दै  रितीजा रावल , डाक्टर रामु सापकोटासहित चरित्र धामी लगायत ७ जना चर्मचारीलाइ सम्मान गरेकाे हाे।

मुगु जिल्लामा रहेका नागरीकहरुको स्वास्थ्यमा अवोरात्र खटीर्ने स्वास्थ्य कार्य अन्तरगर्त उत्कृष्ट कार्य सम्पादनका आधारमा बलि बहादुर बुढा, हरिबहादुर बुढा, बिष्णु महत लगायत ८ जना स्वास्थ्य कर्मीलाइ समेत राम्रो कार्य गरेवापत बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्टीबाट सम्पान सहित प्रशंशा पत्र बितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV