२४ आश्विन २०७८, आईतवार

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (आइतवार) विश्वासको मत लिँदैछिन् । मुख्यमन्त्री बनेको लगत्तै तत्कालीन नेकपा एमाले विभाजत भएपछि शाक्यको पक्षमा बहुमत नरहेको विश्लेषण हुँदै आएको छ ।

मुख्यमन्त्री शाक्यले आज प्रदेश सभामा विश्वासको मत लिन लागेकी हुन् । प्रदेश सभाको नवौं अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै उनले विश्वासको मत लिन लागेको बताइएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि बागमती प्रदेश सभाका १३ जना सांसदले नयाँ पार्टीका रोजेका थिए । शाक्य भने एमालेबाट मुख्यमन्त्री बनेकी हुन् । एमाले विभाजनसँगै उनी अल्पमतमा परेकी थिइन् । यसको औपचारिक पुष्टि आजको विश्वासको मतबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV