२४ आश्विन २०७८, आईतवार

एजेन्सी । फिफा विश्वकप- २०२२ को छनोटमा पोल्यान्डले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पोल्यान्डले मारिनोलाई ५-० गाले अन्तरले पराजित गरेको हो ।

पोल्यान्डलाई सानदार जित दिलाउनको लागि कारोल स्वीर्डेस्की, थोमस केड्जिओरा, एडाम बुस्का र क्रिस्टोफ पियाटेकले समान एक–एक गोल गरेका थिए । एक गोल भने उपहार पाएको थियो ।

खेलको १०औं मिनेटमा कारोल स्वीर्डेस्कीले गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका थिए । उनले प्रेजमिस्ल प्लाचेटाको पासमा गोल गरेका थिए ।

२०औं मिनेटमा क्रिस्टियन ब्रोलीले आत्मघाती गोल गरेपछि पोल्यान्डले २-० को अग्रता लिएको थियो । ५०औं मिनेटमा थोमस केड्जिओराले मिकेल हेलिकको पासमा गोल गर्दै पोल्यान्डलाई खेलमा ३-० को अग्रता दिलाए ।

८४औं मिनेटमा एडाम बुस्काले रोबर्ट गुम्नीको पासमा गोल गर्दै पोल्यान्डलाई ४-० ले अघि बढाए । इन्ज्युरी समयमा क्रिस्टोफ पियाटेकले गोल गर्दै पोल्यान्डलाई ५-० को फराकिलो जित दिलाए ।

यो जितसँगै पोल्यान्ड ७ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित सान मारिनो अंकविहीन हुदै पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV