२३ आश्विन २०७८, शनिबार

एजेन्सी । कंगोको नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ, भने अन्य ६९ जना बेपत्ता भएका छन् ।

उत्तरपश्चिम प्रान्त मोंगलास्थित नदीमा पुरानो काठको डुंगामा धेरै संख्यामा यात्रु भएकाले पल्टिएको हुनसक्ने अनुमान लगाइएको छ ।

अधिकारीहरुका अनुसार दुर्घटनापछि ३९ जनाको जीवीतै उद्वार गरिएको छ । मोंगला प्रान्तका अधिकारीहरुका अनुसार क्षमताभन्दा धेरै यात्रु भएकाले डुंगा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

दुर्घटनाबारे पूर्ण विवरण आइनसकेको जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV