२३ आश्विन २०७८, शनिबार
  • हरिशंकर शर्मा

वीरगन्ज । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकाका अध्यक्ष विजय कुमार चौरसियामाथि आक्रमणको प्रयास भएको छ ।

शनिबार कार्यालयको काम विशेषले सदरमुकाम वीरगन्ज निस्किएका मेयर चौरसियामाथि पकहामैनपुर गाउँपालिका वडा नं. २ मधुवनीस्थित श्री नेपाल राष्ट्रिय पप्राथमिक विद्यालय नजिकैको मुख्य सडकमा विरोधी युवाहरुको समूहले गाडी रोकेर किन गाडी चलाएको भन्दै आक्रमणको प्रयास भएको अध्यक्ष चौरसियाले जानकारी दिएका छन् ।

उनका अनुसार कार्यालयको काम विशेषले र सञ्चारकर्मीहरुसँग छलफलको लागि वीरगन्ज आउने क्रममा आफू बसेको गाडीलाई सडकको बीचमै रोकेर स्थानीय युवाहरु प्रमोद पटेल, मोटर वर्णवाललगायतका आधा दर्जन बढी युवाहरुले आक्रमणको प्रयास गरेका थिए ।

मेयरको रोकेर शनिबारको दिन किन गाडी चलाएको ? भन्दै युवाहरुले निहुँ खोेजेका थिए । आफू काम विशेषले सदरमुकाम जान लागेको भनेर बताएपनि आफूमाथि युवाहरुको समूहले अनावश्यक कुराहरु गर्दै दुव्र्यवहार गरि आक्रमणको प्रयास गरेको उनले बताए ।

चौरसिया चढ्ने ना. १ झ १६८६ नम्बरको स्कार्पियोलाई ती युवाहरुको समूहले गुण्डागर्दी शैलीमा रोकेपछि अध्यक्ष चौरसियाले पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई फोन गरेका थिए । फोनमा कुरा गरेपछि सिडिओसँग भएको मौखिक सहमति भएको भने पनि युवाहरुको समूहले त्यहाँबाट गाडी कहीँ जान दिदैँनौँ भनेर जबरजस्ती विवाद उत्पन्न गरेको बताइएको छ ।

युवाहरुको समूहले गाडी रोके पश्चात अध्यक्ष चौरसियाले कुरा के हो ? बसेर गरौं, समस्या छ भने छलफलबाट समाधान गरौं भन्दा पनि युवाहरुको समूहले केही कुरा नसुनी जथाभावी अभद्र व्यवहार गर्दै आफूमाथि आक्रमणको प्रयास गरेको उनले बताए ।

आफूमाथि दुव्र्यवहार गर्नेहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता समेत गर्ने अध्यक्ष चौरसियाले बताए । अध्यक्ष चौरसिया एक्लै चढेर जान लागेको भन्ने पूर्व योजनाअनुसार युवाहरुको समूहले आक्रमणको प्रयास गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV