२३ आश्विन २०७८, शनिबार

काठमाडौँ । आजदेखि सरकारले सहुलियत मूल्यका खसी-बोका बिक्री सुरु गरेको छ । दशैँ लगायत मुख्य चाडपर्वहरुलाई लक्षित गरी सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत मुल्यमा खसी-बोका बिक्री सुरु गरेको हो ।

कम्पनीको थापाथलीस्थित मुख्य कार्यालयबाट सहुलियत मूल्यका खसी-बोका बिक्री गर्न थालिएको हो । आजदेखि बिक्री सुरु गरेको उक्त खसी-बोकाको मूल्य छुटसहित प्रतिकिलो रु ६४० तोकिएको छ । यो मूल्य जिउँदा खसी-बोकाको मूल्य हो ।

तर विगतको भन्दा यस वर्ष खसी-बोकाको मूल्यमा वृद्धि भएको छ । कम्पनीले यसपाली प्रतिकिलो ६५० निर्धारण गरेको खसी-बोकाको मूल्य गत वर्ष प्रतिकिलो ५५० थियो । निर्धारित मूल्य ६५० भए पनि प्रतिकिलो १० रुपैयाँ छुट गरेर उपभोक्तालाई प्रतिकिलो ६४० मा नै खसी-बोका उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV