२२ आश्विन २०७८, शुक्रबार
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले विभिन्न पर्वका अवसरमा आज चियापान तथा शुभकामना आदानप्रदान गरेको छ ।
यहाँ आज आयोजित कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरकारले सबै सञ्चार गृहलाई समानुपातिक विज्ञापन वितरण गर्नुपर्नेमा जोड दिँदै वितरण प्रणाली न्यायोचित हुन नसकेमा विज्ञापन बोर्डले औचित्य नरहने बताउनुभयो ।
महासङ्घका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासङ्घ काठमाडौँका पूर्वअध्यक्ष शन्तराम विंडारीले सरकारले साना लगानीमा सञ्चालन भएका स्वरोजगारमुखी सञ्चारगृहको संरक्षण गर्न आग्रह गर्दै श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्नुभयो ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष श्रीजन झाले महामारीको समयमा धेरै सञ्चारगृह बन्द भएकाले त्यसमा आबद्ध सञ्चारकर्मीले व्यावसायिकता परिवर्तन गर्न परेको तथा केही मालिकले समयमा तलब नदिएकाल उनीहरू विस्थापित भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV