२२ आश्विन २०७८, शुक्रबार

काठमाडौं । सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ ।

सञ्चार मन्त्री कार्कीलाई मन्त्रिपरिषद् बैठकले सरकारका प्रवक्ता तोक्ने निर्णय गरेको छ। आज शुक्रवार बसेको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले कांग्रेससंग आबद्ध भएर आफूले धेरै काम गरेको बताउनुभएको छ ।

उहाँले बन्द रहेका उद्योगहरूलाई सञ्चालन गर्न छलफल गर्ने पनि बताउनुभयो । उहाँलाई प्रधानन्याधीशसंग जोडेर विभिन्न टिकाटिप्णी भइरहेका छन् ।

राष्ट्रपतिबाट शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर मन्त्री हमाल मन्त्रालयमा पुगे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV