२२ आश्विन २०७८, शुक्रबार
  • तारा आचार्य

विराटनगर । प्रदेश नं. १ को प्रदेश सभाको नवौं तथा हिउदे अधिवेशन शुक्रवार देखि विराटनगरमा शुरु भएको छ ।

विराटनगर स्थित प्रदेश सभा परिसरमा निर्माण गरिएको प्रदेश सभा हलमा शुरु भएको प्रदेश सभाको नवौं तथा हिउदे अधिवेशनमा प्रदेश प्रमुखद्वारा अधिवेशन आव्हान सम्बन्धी पत्र तथा मन्त्रीपरिषद गठन र पुनर्गठन लगायतको पत्र पढेर सभामुख प्रदीप भण्डारीले बैठक प्रारम्भ गर्नुभएको थियो ।

हिउदे अधिवेशनको पहिलो दिन प्रदेश सभामा विपक्षी दलका नेताहरुले अल्पमतमा परेको सरकारले राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए ।उनिहरुले सरकारले संविधान मिचेर आप्mनो आयु लम्ब्याउन खोजेको आरोप लगाएका छन् ।

यता सत्तारुढ पार्टीले विपक्षीसित बहुमत नभएको भन्दै प्रदेश सभामा विश्वासको मत लिएर अघि बढ्ने र धारणा राखेका थिए । प्रदेश सभालाई नेकपा एमालेका सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुन मंत्री हिक्मत कार्की, नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो, नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई, जनता समाजवादी पार्टीका नेता जयराम यादव, राप्रपाकी इन्दिरा राई र संघिय लोकतान्त्रिक राष्ट्रिय मंचकी विष्णु तुम्बाहाम्फेले बोल्नुभएको थियो ।

प्रदेश सभाको अर्को बैठक असोज २४ गते सम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV