२२ आश्विन २०७८, शुक्रबार

काठमाडौँ । कोरोना संक्रमण जोखिमका कारण पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने हुनुभएको छ ।

पूर्व राजा शाहले आज एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरस संक्रमणका कारण विषम परिस्थिति निर्माण भएकाले टीका नलगाइदिने बताउनुभएको हो ।

पूर्वराजा शाहले विगतमा दशैंको अवसरमा विभिन्न शक्तिपिठहरुमा गर्ने गरेको दर्शनको कार्यक्रम पनि यो वर्ष स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि शाहले हरेक बर्ष दशैंको टीकाको दिन निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिनुहुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV