२२ आश्विन २०७८, शुक्रबार

काठमाडौं । देउवा सरकारले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गर्ने निर्णयलाई गल्ती भएको टिप्पणी गर्दै प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आक्रोश व्यक्त गरेका छन् ।

शुक्रबार संसद बैठकबाट बाहिरिएर सञ्चारकर्मीसँगको कुराकानीमा विधेयक संसदबाट पास हुनुपर्ने बेला फेरि फिर्ता गरेर लैजानु बेठीक र उल्टो काम भएको भन्दै उनले रोस प्रकट गरे ।

विधेयकलाई पास नगरी अध्यादेशमार्फत् फेरि विधेयक ल्याउने चेष्टा गरे एमालेलाई मान्य नहुने पनि उनले चेतावनी दिएका छन् ।

उनले भने, ‘निजामती विधेयक कति समय समितिमा छलफल भयो ? सबैलाई थाहै छ । त्यति धेरै समय लगाएर बल्लबल्ल पास गर्ने अवस्थामा पुगेको विधेयकलाई अहिले आएर त्यसलाई फिर्ता लैजाने भनेर सरकारले फिर्ता लिने काम गर्यो । यो बैठीक र उल्टो काम भईराखेको छ । संसदमा विधेयक नै नल्याउने, भएको विधेयकलाई फिर्ता लैजाने अनि के गर्न खोजेको ? यो बेठीक हो । गर्नेलाई भन्दा देख्नेलाई लाज ।’

 

LIVE TV