२२ आश्विन २०७८, शुक्रबार

काठमाडौँ । यस वर्षको नोबेल शान्तिपुरस्कार फिलिपिन्स र रुसका दुईजना पत्रकारलाई संयुक्त प्रदान गरिएको छ ।

फिलिपिन्सका मारिया रेसा र रूसका डिमिट्री मुरातोभलाई ती मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उनीहरूले गरेको साहसपूर्ण कामका लागि नोबेल पुरस्कार छनौट समितिले नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

शुक्रबार उनीहरुलाई संयुक्तरुपमा यो पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि गरेको प्रयासलाई सम्मान गरको भन्दै सो पुरस्कार प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV