२२ आश्विन २०७८, शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालीन औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्याम कुमार अधिकारी बर्खास्तमा परेका छन् ।

लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको असोज १४ को परामर्श अनुसार उनलाई भ्रष्ट्राचार कसुरमा बर्खास्त गरिएको स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गरेर जनाएका छ ।

अधिकारीलाईं स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनुसार बर्खास्त गरिएको हो । अनुसन्धानका क्रममा भ्रष्ट्राचार गरेको पुष्टी भएका अधिकारीलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिएको सुचनामा जनाइएको छ ।

अधिकारी फार्मेसी सातौं तहका अधिकृत थिए ।

 

LIVE TV