२२ आश्विन २०७८, शुक्रबार

एजेन्सी । विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार नवौं जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३-१ गोल अन्तरले पराजित गर्यो ।

ब्राजीललाई सहज जित दिलाउनको लागि माकिन्हस, गाव्रियल बर्बोसा र एन्थोनीले समान एक-एक गोल गरे । घरेलु टोलीका एरिक रामिरेजको गोल सान्त्वना बन्यो ।

खेलको ११औं मिनेटमा रामिरेजको गोल गर्दै भेनेजुएलालाई अग्रता दिलाएका थिए । उनले यफर्सन सोटेल्डोको पासमा गोल गरेका थिए ।

७१औं मिनेटमा मार्किन्हसले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । उनले राफिन्हाको पासमा गोल गरेका थिए ।

८५औं मिनेटमा गाव्रियलले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २-१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा एन्थोनीले गोल गर्दै ब्राजिललाई ३-१ गोल अन्तरले पराजित गरे ।

योसँगै ब्राजिल ९ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV