२२ आश्विन २०७८, शुक्रबार

वीरगन्ज : कुनै समयमा सानै उमेरमा माइतीबाट बिदा भई ससुरालको ‘चौकठ’ भित्र ‘घुघ’ (घुम्टो) ओढेर कैद हुने मधेसका ‘बेटी’ (छोरी) हरू अहिले गाउँका विद्यालयदेखि समुद्र पारिका देशसम्म पढ्न जान पाएका छन्। छोरीहरूको शिक्षाका लागि परिवारले लगानी रअवसरप्रदान गर्न थालेपछि समाजमा यस्तो परिवर्तन सम्भव भएको जानकार बताउँछन्।

यही असोज ५ गते छोरीहरूलाई तेस्रो मुलुकमा पढ्न पठाउन पाँचजना अभिभावक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरूले विमानस्थलमा छोरीहरूसहित खिचेको तस्बिरलाई सामूहिक रूपमा सामाजिक सञ्जालमा राखेका थिए। उक्त तस्बिरले मधेसमा छोरीप्रतिको धारणा र व्यवहारमा आएको व्यापक परिवतर्नको प्रतिनिधित्व गरेको विश्लेषक चन्द्र किशोर बताउँछन्।‘यो सामाजिक परिवर्तन हो। यो खबर आजको नागरिक दैनिकमा छ ।

LIVE TV