
आज मिति बि.सं २०७८ साल असोज २२ गते शुक्रबार । इस्वी सन् २०२१ अक्टोबर ८ । शकसंवत् १९४३ । नपाल संवत् ११४१ कौलाथ्व । राक्षस, दक्षिणायन, शरद ।
आश्विन शुक्लपक्ष । तिथि द्वितीया, १ : २९ बजे उप्रानत तृतीया । नक्षत्र स्वती, २२ : ४८ बजे उप्रान्त विशाखा । योग विष्कम्भा, २६ : ४१ बजे उप्रान्त प्रीति । करण कोलव १३ : २९ बजेदेखि तैतिल, २४ : २४ बजे उप्रान्त भद्रा । चन्द्रराशि तुला आनन्दादि योग गद । दिनमान २९ : १० सूर्योदय ६ : ०० सूर्योस्त १७ : ४० ।
मेष : स्वास्थ्यमा सामान्य समस्या आउने हुदा यात्रामा सावधानी अपनाउनु होला । मध्यान्ह देखि आर्थिक लाभ प्राप्त हुनेछ । परेवालाई दाना दिनाले शत्रु परास्त हुनेछन् ।
वृष : मित्रजनको सहयोगमा समय खर्चिनु पर्नेछ पारिवारिक किचलोको कारण कामगर्न मन लाग्दैन कम बोल्नु राम्रो हुनेछ । कुकुरलाई खुवाउनाले दशा टर्नेछ ।
मिथुन : आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो प्रतिष्ठा रहने छ । सामान्य चोटपटक लाग्ने देखिन्छ सकभर निलो रङ्गको प्रयोग कम गर्नु होला ।
कर्कट : उत्साहका साथ कार्य गर्नु सफलता प्राप्त हुने योग रहेको छ । बुवा-आमाको चरण सम्झेर यात्रा अगाडी बढाउनु सफलता हासिल हुन्छ नै । सध्याकालमा सामान्य समस्या आउने देखिन्छ ।
सिंह : आफन्तले शत्रुभावले हेर्नेछन् । कम बोल्नु धेरै सुन्नुहोला । विहानै नबोली पितृलाई सम्झेर प्रणाम गर्नु भाग्योदय बन्नेछ । रोकिएका कार्य बन्नाले विहानैदेखि प्रसन्न रहिनेछ ।
कन्या : व्यवसायमा सुधार हुनेछ । रातो वस्त्र प्रयोग नगर्नु राम्रो हुनेछ । प्रेम-प्रेमिका विचको दुरि बढ्नेछ । माछालाई चारो खुवाउनु भएमा राम्रो हुनेछ ।
तुला : यात्राको सु-अवसर प्राप्त हुनेछ । महत्वपूर्ण भेटघाटमा व्यस्त भइनेछ । तिर्नुपर्ने पैसा तिर्न नसक्दा मित्रतामा किचलो आउनेछ । हनुमानको कृपा माग्नु होला ।
वृश्चिक : बोलीको प्रभाव बढ्ने छ । रोकिएका कार्यहम बन्नाले उत्साह थपिनेछ। मित्रजनसंग विछोडे हुने छ । यात्रा रमाइलो हुनेछ ।
धनु : मिष्ठान्न भोजन प्राप्त हुने छ । हतारको निर्णयले आर्थिक नोक्शानी हुनेछ । सजग रहनु पर्नेछ । कुलदेवताको पूजा अर्चना गर्नु राम्रो हुनेछ । विद्यार्थी राजनीति सफल हुनेछ ।
मकर : रातो रङको प्रयोग गर्दै नगर्नु राम्रो हुनेछ । केहि खराव व्याक्तिको संगतले आर्थिक नोक्शानी हुनेछ । व्यपारी वर्गको लागि भने सुखद दिन रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कुम्भ : व्यवहारमा कठिनाई आउनेछ । लेनदेनमा समस्या आउनेछ । व्यापारी वर्गको हितमा कामहरु बन्नेछन् । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ ।
मीन : नसोचेको ठाउँदेखि आर्थिक लाभ प्राप्त हुनेछ । यात्राको सुअवसर प्राप्त हुनेछ । कुकुर तथा बाँदरलाई केहि खुवाउनु हाेला । स्वास्थमा सामान्य समस्या आउनेछ ।
ज्योतिस अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्क नम्बर : ९८४१७९६७८८