२१ आश्विन २०७८, बिहीबार

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्प्यिनसिप फुटबलमा भारत र श्रीलंका गोलरहित बराबरी भएका छन् ।

जारी प्रतियोगितामा २ अंक जोड्दै भारत तेस्रो स्थानमा रहेको छ भने बराबरीले पहिलो अंक जोडेको श्रीलंका चौथो स्थानमा छ । यसले शीर्ष स्थानमा रहेको नेपाललाई केही सहज हुने भएको छ ।

भारतले श्रीलंकाविरुद्ध ७३ प्रतिशत बल पोसेसन राखेको थियो भने श्रीलंकाले जम्मा २७ प्रतिशत राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV