२१ आश्विन २०७८, बिहीबार

काठमाडौं । खाडी मुलुक कतारमा गैरकानुनी रुपमा बसेका श्रमिकलाई त्यहाँको सरकारले आममाफीको घोषणा गरेको छ ।

आन्तरिक मन्त्रालयका अनुसार अक्टोबर १० देखि डिसेम्बर ३१ गतेभित्र आफ्नो गैरकानुनी हैसियतलाई वैध बनाउन पाउने व्यस्था लागू गरिने भएको हो ।

उक्त कानुनसँगै गैरकानुनी रुपमा बसेका श्रमिकले कैद वा जरिवानाबिनै वैधानिककता हुने पाउने अवसर पाएका छन् । कतार सरकारको ल्याएको उक्त कानुनले कामदार भिसा र भ्रमण भिसा सकिएर गैरकानुनी रुपमा बसे पनि वैधानिकता पाउनेछन् ।

यसैगरी अब, कम्पनीबाट भिसा नवीकरण नभएका, कम्पनी छाडेर अन्यत्र लुकिछिपी काम गर्ने श्रमिकहरुले वैधानिकता पाउने छन् ।

कतारले यसअघि २०१७ मा पनि गैरकानुनी ढंगले बसेकाहरुलाई आममाफी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV