२१ आश्विन २०७८, बिहीबार

काठमाडौं । तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।

गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रण गरेको कारण नोबेल दिइएको जनाइएको छ ।

बाल्यकाल तान्जानियाको जन्जिबार टापुमा बिताएका गुर्नाहको जन्म सन् १९४८ मा भएको हो । उनी सन् १९६० को दशकमा शरणार्थीको रुपमा बेलायत पुगेका थिए ।

धेरैजसो कृतिमा शरणार्थीहरुको समस्यालाई उल्लेख गर्ने उनले १० उपन्यास लेखेका छन् । उनले धेरै छोटो कथाहरु पनि लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV