२१ आश्विन २०७८, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगरमा झाडापखालाले ३ जनाको ज्यान गएपछि फैलिएको झाडापखालाबारे विस्तृत अध्यनन गर्न चिकित्सक टोली पठाएको छ ।

बिहीबार मन्त्रालयले महामारी रोग विशेषज्ञ डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र डब्ल्यूएचओका तर्फबाट डा. रवीन गौतम सम्मिलित तीन जनाको टोली त्यसतर्फ पठाएको जनाएको हो ।

टोलीले विशेषगरी पानीजन्य प्रकोपबारे स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ । बिहीबार बिहानै झाडापखालाबारे अध्ययन गर्न गएको टोलीले औषधि तथा आवश्यक सामग्री पनि लगेको मन्त्रालयले जनाएको छ ।

झाडापखालाबाट कृष्णनगरमा अहिलेसम्म दुई जनाले ज्यान गुमाइसकेका छन् । भने कृष्णनगर ६ वडामा झाडापखालाले ३ सय ७० जनाभन्दा बढी मानिस थला परेका छन् ।

मन्त्रालयका अनुसार पानी शुद्धीकरणका लागि प्रभावित क्षेत्रमा ५० हजार ट्याब्लेट क्लोरिन पठाइएको छ । त्यहाँ पुगेको टोलीले पानीको मुहानबाट ल्याइने पानी उमालेर मात्र पानी पिउन लगाउने, पानीजन्य प्रकोपबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउनेलगायतका प्रयास गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV