२१ आश्विन २०७८, बिहीबार

एजेन्सी । उत्तर प्रदेशको बाराबंकी जिल्लाको बाबुरी गाउँ नजिक बिहीबार एउटा बस र बालुवाले भरिएको ट्रक ठोक्किँदा नौ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

पुलिस अधीक्षक यमुना प्रसादले समाचार एजेन्सी पीटीआई भाने, ७० यत्रु बोकेको बस दिल्लीबाट बहराइच जादै थियो । प्रहरीका अनुसार बस चालकले आवारा गाईलाई बचाउने प्रयास गर्दा दुर्घटना भयो। दुर्घटनामा घाइते भएकाहरुलाई लखनउको ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

दुर्घटनामा मानिसहरुको मृत्यु भएकोमा शोक व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई २–२ लाख र घाइतेहरुलाई ५०–५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। मुख्यमन्त्रीले स्थानीय प्रशासनलाई घाइतेहरुको सम्पुर्ण उपचार उपलब्ध गराउन आग्रह गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनामा ट्वीट गरेर दुःख व्यक्त गरेका छन् र मृतकका परिवारलाई दुई लाख र घाइतेहरुलाई प्रधानमन्त्री राहत कोषबाट ५० हजार दिने घोषणा गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV