२१ आश्विन २०७८, बिहीबार

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग क्रिकेटको आजको खेलमा भैरहवाले पोखरालाई दियो १२० रनको लक्ष्यदिएको छ । भैरहवा ग्लाडियटर्सले फाइनलमा पुग्नको लागि पोखरा राइनोजलाई १२० रनको लक्ष्य दिएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको भैरहवाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ११९ रन मात्रै बनायो ।

पहिलो विकेटका लागि रोहित पौडेल र प्रदीप ऐरी ३२ रनको साझेदारी गरेका थिए । पौडेल १७ बलमा १८ रन बनाउँदै आउट भए । पौडेलले २ छक्का प्रहार गरे । पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीको यस खेलमा भने ब्याट चलेन ।

उनी ११ बलमा ११ रन बनाउँदै पभेलियनको बाटो लाग्दा भैरहवाले ३४ रनमा दोस्रो विकेट गुमायो । दुवै ओपनर आउट भएपछि उपुल थरंगा र सार्विन मुनिन्डेले स्कोर बोर्ड चलायमान गराउन खोजेपनि त्यो असफल रह्यो

मुनिन्डे व्यक्तिगत ३ रन बनाएर आउट हुँदा भैरहवाले ३–४९ रन बनाएको थियो । लगत्तै कुशल मल्ल पनि १ रन बनाएर पभेलियन फर्किएका थिए । यसैगरी आक्रामक ब्याट्सम्यान उपुल थरंगा १० रन बनाएर आउट भएका थिए ।

भैरहवाले छैटौं विकेट ९२ रनमा गुमाएको थियो । त्यतिबेला आरिफ शेख २७ रन जोडेर आउट भएका थिए । आरिफले २४ बल फेस गर्दा २ चौका र एक छक्का प्रहार गरे ।

अन्तिमसम्म क्रिकजमा रहेका शरद भेषावकर र धमिका प्रसादले टिमको स्कोर ११९ रनसम्म पु¥याएका थिए । शरदले ३३ बलमा ३२ रन बनाउँदा धामिकाले ६ बलमा ४ रनमात्रै जोड्न सफल भए ।

आजको विजेताले शनिबार चितवन टाइगर्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV