२१ आश्विन २०७८, बिहीबार

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)मा सचिवको जिम्मेवारी केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ललाई दिइएको छ ।

राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मल्ललाई कार्यबहाक सचिवको जिम्मेवारी दिएको हो ।

क्यानका उपाध्यक्ष राजाबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले गत हप्ता पदबाट राजीनामा दिएका थिए । क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र त्यसमा सफल भएपछि पुरानो योजनाअनुसार राजीनामा दिएको बताएका थिए ।

बैठकले क्यानको वार्षिक साधारण सभा १५ डिसेम्बरमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग भएको सम्झौता रद्द

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग गरेको सम्झौता रद्द गर्ने भएको छ । क्यानले उक्त सम्झौता विवादस्पद भएपछि रद्द गर्ने निर्णय गरेको हो ।

२० र २१ गते बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV