२१ आश्विन २०७८, बिहीबार

काठमाडौँ । देशभर २९.५ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा रहेका २९.५ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म देशभर ६४ लाख १९ हजार ४८० नागरिकले पूर्ण मात्रा खोप लगाएका हुन्।

साथै, मन्त्रालयले आगामी असोज मसान्तसम्म कूल जनसंख्याको ३३ प्रतिशत नागरिकलाइ खोप लगाउने योजना रहेको जनाएको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिकाले दशैँ लक्षित गरी शुक्रबारबाट पर्व लक्षित कोभिड १९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

महानगरको जनस्वास्थ्य विभागका अनुसार १८ वर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट खोप दिइनेछ।

असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम २४ गतेसम्म सबै वडाबाट कोरोनाविरुद्धको खोप अभियान चल्नेछ। यो पहिलो मात्रा लिनेका लागि हो।

LIVE TV