२१ आश्विन २०७८, बिहीबार
  • रामगोपाल तमखु

भक्तपुर । हिन्दुहरुको महान चाँड बडादशैं आजबाट शुरु भएको छ । बिजया दशमीको पहिलो दिन आज घटस्थापना घरघरमा जमरा राख्ने दिन हो ।

भक्तपुरमा जमरा राख्न खोलाबाट पाँगो माटो लिएर घरमा माटोको गमला, भ्यःग, लगायतको पुरानो घरमा ग्वाखँमा र बिभिन्न माटोका भाडोमा जमरा राख्ने गरिन्छ ।

परम्परा देखि चलिरहेको तःमारीमा यसपालि पनि माटोको भाडाकुडा बेच्न आउने कुम्ह (प्रजापति) हरु हिजो देखि ब्यापार गर्दै आईरहेका छन् । तर गत बर्षहरुमा जस्तै भिड भने लागेको छैन । समयको परिवर्तन सँगै आज भोली पूजाको लागि चाहिन सम्पूर्ण सामान बजारमा किन्न पाईन्छ ।

पहिला जस्तो घर घरमा भ्याई नभ्याई बनाउन पर्दैन । यो बर्ष पनि कोरोना भाइरस कोभिड १९को असर महान चाँड दशमीको पहिलो दिन बजार र ब्रम्हायणी मन्दिरमा स्थानियको न्यून उपस्थिति देखिन्छ ।

बजारमा पहिलाको जस्तो भिड नहुनु बडादशैंको पहिलो दिन ब्रम्हायणी पीठ मन्दिरमा भक्तजनहरुको न्यून उपस्थितिले स्थानिय जनता कोरोना भाइरसबाट सचेत भएको देखिन्छ ।

यो बर्ष पनि भक्तपुर नगरपालिकाले बडादशमीको बेला संक्रमण न्युनिकरणको लागि नवरात भरी कुनै पनि शक्तिपीठ, मठमन्दिरहरुमा भिडभाड नगर्न अनुरोधका साथै बिभिन्न संघ संस्थाहरुबाट स्वयमसेवकहरु परिचालन गरिएको छ ।

स्वयम् सेवकहरुबाट मन्दिरहरुमा भक्तजनहरुलाई व्यवस्थित गरि सेवा दिईरहेको आजबाट शुरु भएको ब्रम्हायणी मन्दिरको अवस्था हेर्दा देखिएको छ । नेपाल प्रहरीले स्वास्थ्य सम्बन्धि जनचेतनामूलक सन्देशहरु न्गरको बिभिन्न चोकहरुमा बजाई रहेका छन् ।

नेपाल स्काउटका स्वयमसेवकहरुले बिभिन्न स्वास्थ्य सम्बन्धि जनचेतनामुलक सलाहा सुझावहरु दिइरहेका छन् । गत बर्ष भक्तपुरमा कोभिड १९का कारण यो बर्ष शक्तिपीठहरु सबै बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV