२१ आश्विन २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नु हुने भएको छ ।

पार्टी विभाजनको अन्तिम समयमा एमालेमै बस्नुभएको जोशी आज (बिहीबार) समाजवादी पार्टीमा प्रवेश गर्न लागेको लाग्नुभएको हो ।

दल रोज्न निर्वाचन आयोगले प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरुलाई दिएको भदौ २२ को समयसीमाभित्र नै उहाँले एकीकृत समाजवादी रोज्ने बताउनु भएको थियो । तर, उहाँ अन्तिम सयमा एमालेमै बस्नुभएको थियो ।

स्रोतका अनुसार उहाँलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने सहमति भएको छ । यसअघि गरिमा शाहलाई प्रदेश इन्चार्ज बनाइएको थियो । सुदुरपश्चिम प्रदेशसभामा समाजवादी सबैभन्दा ठूलो दल हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV