२१ आश्विन २०७८, बिहीबार
  • साधन राम्जाली

म्याग्दी । बुधबार विहानदेखी तलबको माग गर्दै बेनी अस्पतालमा आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी काममा फर्किएका छन् ।

साँझ अन्दोलनरत पक्ष र अस्पताल प्रशासनबीच रोकिएको तीन महिनाको तलब उपलब्ध गराउने समहमति भएपछि उनीहरु काममा फर्किएका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डाक्टर जितेन्द्र कँडेलका अनुसार अस्पतालमा कार्यरत सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई विहिबार विहानसम्म तलब भत्ता उपलब्ध गराउने सहमति भएको छ ।

समस्या समाधानका लागि आन्दोलनरत पक्ष, अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकारले पठाएका लेखापाल नारायण सुवेदी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिबीच छलफल भएको थियो ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी १२४ जनाको तलब भत्ता असार महिनादेखी रोकिएको छ ।

आन्दोलनका कारण अस्पतालमा इमरजेन्सी शाखा बाहेकका सबै सेवा बन्द भएको थियो । सेवा अवरुद्ध हुँदा अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो ।

औषधी उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरु आकस्मिक कक्ष अगाडी धर्ना बसेका थिए । बहिरंग ,ल्याब , आँखा उपचार लगायत औषधी सम्बन्धी सेवाका सकाथै प्रशासनिक काम ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV