२१ आश्विन २०७८, बिहीबार

एजेन्सी । युरोपियन च्याम्पियन इटालीलाई पराजित गर्दै स्पेन युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा स्पेनले इटालीलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा दुवै गोल फेरान टोरेसले गरे । इटालीको लागि लोरेन्जो पेलिग्रेनीले एक गोल गरे ।

१७औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको समयमा टोरेसले नै गोल गर्दै अग्रता दोब्बर बनाए ।

८३औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।

अब स्पेनले बेल्जियम र फ्रान्सबीचको विजेतासँग उपाधिका लागि १० अक्टोवरमा प्रतिस्पर्धा गर्नेछ । बेल्जियम र फ्रान्सबीचको दोस्रो सेमिफाइनल आज राति हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV