२० आश्विन २०७८, बुधबार
  • तारा आचार्य

विराटनगर । प्रदेश १ सभाको नवनिर्मित प्रदेश सभा भवनको उद्घाटन गरिएको छ । भनवको उद्घाटनमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले साझा लक्ष्य र जनताका लागि सवै दललाई सहमतिको सरकार बनाएर अगाडी बढ्न आग्रह गर्नु भएको छ ।

बुधबार विराटनगर स्थित प्रदेश १ को प्रदेश सभा परिसर भित्र निर्माण गरिएको प्रदेश सभा भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले जनताको लागि राजनैतिक दलहरु बीच सहकार्य हुनुपर्ने र यसका लागि सरकारमा सहभागी भएर निर्वाचन सम्मको सहयात्रामा जान आफु तयार रहेको बताउनु भयो ।

उहाँले संविधान र व्यवस्थाका लागि लडिरहेको बताउर्दै सहमति नभए संविधान र कानुन बमोजिम विश्वासको मत लिएर सरकार संचाल गर्ने बताउनु भयो ।

सभामुख प्रदीप भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई उपसभामुख सरस्वती पोखरेल, नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो, नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई, जनता समाजवादी पार्टीका नेता जयराम यादव लगायतले प्रदेश सभा भवन निर्माण पछि प्रदेश सभाका कार्यहरु अघि बढाउन सहयोग पुगेको धारणा व्यक्त गर्नुभएको थियो ।

करिब ३ करोड ४५ लाख रुपैयामा नयाँ प्रदेश सभा भवन निर्माण गरिएको हो । ६ महिना भित्र सम्पन्न गर्ने गरी गत वर्ष असोज १ सभामुख प्रदीप भण्डारीले भवनको शिलान्यास गर्नुभएको थियो ।

भवन उदे्घाटन कार्यक्रममा बोल्दै सवै विपक्षी दलका नेताहरुले अल्पमतमा परेको कारण मुख्य मंत्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए उनिहरुले मुख्य मन्त्री आचार्यलाई संविधान मिचेर सरकारको आयु लम्ब्याउने प्रयास गरेको आरोप समेत लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV