२० आश्विन २०७८, बुधबार

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालको हितमा भए पारित गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काले एमसीसी नेपालको हितमा रहेमात्र राष्ट्रिय सहमतिबाट अघि बढाउने बताएका हुन् ।

बैठकमा बोल्दै मन्त्री खड्काले एमसीसीमा नेपालले हस्ताक्षर गरेको लामो समय भइसकेको र अझै अघि नबढेको भन्दै एमसीसी मुलुकको हितमा रहेको नपाइए स्पष्ट रूपमा अमेरिकासमक्ष आफ्नो कुरा राख्नुपर्ने बताउनुभएको हो ।

मन्त्री खड्काले एमसीसी राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा त्यसअघि किन अध्ययन नगरिएको हो ? भन्ने प्रश्न पनि गरे । ‘हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिपछि अहिलेसम्म सातजना परराष्ट्रमन्त्री बनिसकेका छौँ,’ उनले भने— ‘अब एमसीसी एकस्वरबाट अगाडि बढ्नुपर्छ । हाम्रो हितमा छ भने पास गरौँ, छैन भने अमेरिकालाई यो हाम्रो हितमा पाएनौं भनेर भनौँ ।’

LIVE TV