२० आश्विन २०७८, बुधबार

काठमाडौं । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक बक्सिङ संघका अध्यक्ष राम अवालेले जानकारी गराए । पुरुषमा १३ र महिलामा ८ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए ।

प्रत्येक तौलसमूहमा कम्तीमा १० हजार नगद पुरस्कार राखिएको छ । प्रायोजक बढेमा पुरस्कार राशीमा पनि बृद्धि गर्न हुन सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा गर्ने तयारी रहेपनि यकिन भइ नसकेको बताइएको छ । कभर्डहलमा सम्भव नभए काठमाडौंमै प्रतियोगिता हुने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV