२० आश्विन २०७८, बुधबार

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको खेलमा भैरहवा क्वालिफायरमा प्रवेश गरेको छ । भैरहवाले काठमाडौँलाई हराउदै क्वालिफायर प्रवेश गरेको हो ।

१८९ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएपछि भैरहवा १६ रनले विजयी भयो ।

भैरहवाले अब फाइनल प्रवेशका लागि बिहीवार पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्ने छ ।

पोखरा पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग पराजित भएको थियो । चितवन फाइनल पुगिसकेको छ ।

भैरहवा र पोखराबीचको दोस्रो क्वालिफायर बिहीबार हुनेछ । यस खेलको विजेता फाइनल पुग्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV