२० आश्विन २०७८, बुधबार

काठमाडौं । मोडल कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण ‘काफल टिप्न जाऔं’ बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा अमेरिकाको पेन्सिलभेनिया निवासी भक्त घलेको स्वर, शब्द र संगीत रहेको छ। गाउँघरका साथीभाईहरु संगको खेतबारी काम गर्दाको र वनपाखामा गाइगोरु चराउदाको रमाइलो यादहरुलाई व्यक्त गरिएको छ। अर्ग्यानिक टेस्टको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहाल छायांकन गरेका हुन्। शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो।

गायक घलेको आधिर्कारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV