२० आश्विन २०७८, बुधबार

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरू मन्त्री चयनका लागि जुटेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा मन्त्री टुंगो लगाउन कांग्रेसमा शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।

पार्टीबाट मन्त्री बन्नेहरूको नाम आजै टुंग्याउने प्रयास भइरहेको बालुवाटार स्रोतले जानकारी दियो ।

सत्तारुढ दलहरुबीच मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटेको थियो । जस अनुसार कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छुट्टै बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV