
काठमाडौं । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिनका लागि थुनामा राख्न अनुमति दिएको छ ।
बुधबार अदालतले पहिलो चरणको अनुसन्धानका लागि अध्यक्ष तामाङसहित १२ जनालाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो।
नेकपा एमालेबाट पूर्वसांसदसमेत रहेका अध्यक्ष तामाङसहित १२ जनाविरुद्ध निक्षेपकर्ताको ७० करोड रकम हिनामिना गरेको आरोप छ । अहिले उनीहरुविरु्द्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार ठगी गरेको आरोप उनीहरुविरुद्ध १३७ जना निक्षेपकर्ताले जाहेरी दिएका छन् । अझैँ अन्य निक्षेपकर्ताहरु आफ्नो रकम हिनामिना गरेको भन्दै जाहेरी दिन आइरहेको ब्युरोले जनाएको छ ।