२० आश्विन २०७८, बुधबार

काठमाडौँ । कोरोनाले थिल थिल पारेको क्षेत्र मध्येको मूख्य क्षेत्रहो सिनेमा क्षेत्र, त्यसको उत्थानको देशमा रहँदा र देशबाहिर रहँदा समेत सक्रिय रुपमा लागिपरिरहेका कलाकार हुन, अभिनेता सरोज खनाल ।

अभिनयले दर्शकको मन जित्न सफल प्रसिद्ध तथा लोकप्रिय कलाकार सरोज खनाल पछिल्लो समय टेलिफिल्म समेत निर्माण गरिरहेका छन । चलचित्रका ठुलो पर्दा र सानो पर्दामा समेत आफ्नो बर्चश्व जमाउन सफल कलाकार खनालले नेपाल रहँदा र अमेरिकामा रहँदा पनि नेपाली चलचित्रमा काम गरिरहेका छन् । सधैवः नेपाली चलचित्रमा आफुले काम गर्दा पनि आफ्नो काम त्यति बाहिर नआएको बताएका छन् ।

कलाका माध्यमबाट दर्शकको मनजित्न सफल खनालले केही निर्माताले राम्रो गर्न खाजेको भएपनि केही केही गुमराहमा रहेको बताएका छन् । साथै उनले नेपाली दर्शकमा हलमा गएर फिल्म हेर्न कल्चर हराएकोमा दुखेसो पोखेका छन् । कुनै समयमा कलाकारको फिल्म कहिले आउँला भनेर दर्शकहरु बस्ने गरेको बताउदै उनले अहिले त्यो अवस्था नरहेको बताएका छन् ।

कलाकारको कलालाई दर्शकले आफुलाई कनेक्ट गरेर हेरेर मात्र आफु दर्शकको मन जित्न सफल भएको बताउदै आफुमा हिरो हुने कुनै पनि गुण नभएको तर आफ्नो अभिनयले दर्शककको मन जितेका कारण हिरो बन्न सफल भएको बताएका छन् ।

पछिल्लो समयको कलाकारको प्रतिक्षा कमै मात्र भएको बताउदै पछिल्लो समय कलाकार पनि अफल हुँदै गएको बताएका छन् । साथै खनालले हलहरु खुल्ने वित्तिकै पनि केही कलाकारको कलाले मात्र दर्शकलाई हलसम्म तान्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV