२० आश्विन २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पक्षबाट उमाकान्त चौधरी मन्त्री हुनुहुने भएको छ ।

सत्तारुढ गठबन्धनमा सहभागी चार दलबीच मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै दलहरु मन्त्री चयनका लागि छलफलमा जुटेका हुन् ।

कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ । संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन् । बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापन इतर समूहले पाउने भएका छन् । त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् भने सिटाैला पक्षकाे भागमा एक मन्त्रालय परेकाे छ ।

सिटौला पक्षको भने चौधरीको नाम सिफारिस भइसकेकाे जनाइएको छ । सिटौला समूहले आफ्नो समूहबाट आलोपालो मन्त्री बनाउँदै आएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । देउवाले ५ मन्त्री र एक राज्यमन्त्री बनाउनुभएको थियो । बाँकी मन्त्रालय आफैँसँग राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV