२० आश्विन २०७८, बुधबार
  • रामगोपाल तमखु

भक्तपुर । तिथि अनुसार आज असोज कृष्ण औसी अर्थात सोह्र श्राद्धको अन्तिम दिन भक्तपुरको हनुमानघाटमा  भीड लागेको छ । कोरोना भाइरसको संक्रमण कम भएता पनि अवस्था सामान्य नभएको हुनाले सरकारले भीड नगर्नु भनिएता पनि श्राद्ध गर्नेहरुको भिड लागेको छ ।

हिन्दु धर्म शास्त्रहरुमा पितृ श्राद्ध गर्न पुत्रको अनिवार्यता वताएको छ । जन्म दाता माता पिताको मृत्यु उपरान्त मानिसले नविर्सिउन यस कारण श्राद्ध गर्ने विशेष विधान वनाइएको पाइन्छ । हिन्दु धर्ममा भाद्रपद पूर्णिमा देखि आश्विन कृष्णपक्ष अमाबस्यासम्म सोर्ह दिनसम्म दिइने तर्पणलाई पितृपक्ष (सोह्र श्राद्ध ) भनिन्छ । यसमा हामी आफ्नो गच्छे अनुसार श्रद्धाले पितृहरुको सेवा गर्दछौं । सोह्र श्राद्धमा आफ्ना पितृहरुलाई तिलमिश्रित जलले तीन पटक अन्जुली प्रदान गर्दछ । उनीहरुको जन्मदेखि तर्पणका दिन सम्मको पापहरु नाश हुन्छ । जुन कुरा श्रद्धापूर्वक जे अर्पित गरिन्छ त्यो श्राद्ध हो ।

आश्विन कृष्ण प्रतिपदा देखि अमावस्यास्मम ब्रम्हाण्डको उर्जा तथा त्यस उर्जासँगै पितृप्राण व्याप्त रहन्छ । धार्मिक ग्रन्थहरुमा मृत्युपछि आत्माको स्थितिको बडो सुन्दर र वैज्ञानिक विवेचन पाइन्छ । मृत्युपछि दश मात्र र षोेडशी सपिण्डनसम्म मृत व्यक्तिको प्रेत संज्ञा रहन्छ ।

पुराणहरुको अनुसार त्यो सूक्ष्म शरीर जुन आत्मा भौतिक शरीर छोडे पछि धारण गर्दछ प्रेत हुन्छ । किन भने आत्मा जुन सूक्ष्म शरीर धारण गर्दछ त्यस भित्र मोह, माया, भोक र प्यासले समाहित हुने हुनाले सपिण्डन पछि त्यो प्रेत पितृहरुमा सम्मिलित हुन्छ भने भनाई रहेको छ शास्त्रमा ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV