
काठमाडौं । वोसन सिटी क्लासिक मार्सल आर्ट च्याम्पियनसिप २०२१ मा नेपालका ८ वर्षीय बालक स्याल्वोन शाक्य ४ विधामा स्वर्ण जित्न सफल भएका छन् ।
२०२१ अक्टोबर २ मा अमेरिकाको मेरिल्याण्डमा सम्पन्न च्याम्पियनसिपमा स्याल्वोनले तेक्वान्दो, कुङ्फु, स्परिङ्ग र वेपोन्समा स्वर्ण जित्न सफल भएका हुन् ।
उनले चेसपीक मार्सल आर्टका मुख्य प्रशिक्षक ग्रान्ड मास्टर सुनिल शाक्यको नेतृत्वमा प्रतियोगितामा भाग लिएका थिए । ६ सदस्सिय टोलिले ४ स्वर्ण, १ रजत, ४ कास्य जित्न सफल भएको थियो ।