
काठमाडौं । नेपाली फुटबलका सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा आर्मीको पहिलो युथ एकेडेमी सञ्चालनमा आएको छ ।
नेपाली सेनाको विभागीय टीम त्रिभुवन आर्मी क्लबले १३ वर्षमुनिका खेलाडी संलग्न रहने यु–१३ फुटबल युथ एकेडेमी सञ्चालनमा ल्याएको हो ।
आज मंगलबार सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रममा खेलाडीलाई फुटबल हस्तान्तरण गर्दै आर्मीको पहिलो युथ एकेडेमी सञ्चालनमा आएको घोषणा गरेका गरिएको छ।
त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स लिएपछि तेह्र वर्षमुनि र १८ वर्षमुनिका खेलाडीको टिम क्लब मातहत रहनुपर्ने प्रावधानअनुसार एकेडेमी स्थापना गरेको छ ।