१९ आश्विन २०७८, मंगलवार
  • केजिन राई

ब्रसेल्स । गैरआवासीय नेपाली संघ (एनआरएनए)का वर्तमान उपाध्यक्ष डा.बद्री केसीले एनआरएनएको आसन्न १० औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । संस्थालाई अझ उचाइमा पुर्याउने बाचा गर्दै मंगलबार डा. केसीले उम्मेदवारीको घोषणा गरेका हुन् ।

गैरआवासीय नेपालीको हकहितका लागि लड्दै आएका डा. केसीको पहिलो प्रतिबद्धता व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी रहेको छ । व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारले ज्ञान, अनुभव र सीप भित्र्याउने सकिने उनको विश्वास छ ।

एनआरएनएले १० अर्ब लगानीको कोषको माध्यमबाट विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपालीको सानो पूँजीलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाएको उनको भनाइ छ । कोरोना महामारीकाबीच पनि संघले ५० देशमा रहेका दुई लाखभन्दा बढी नेपालीलाई सहयोग र उद्धार गरेको पनि उनले बताए ।

डा. केसीकै नेतृत्वमा कोरोना महामारीमा नेपालमा स्वास्थ्यसम्बन्धी राहतका सामग्री अक्सिजन सिलिन्डर तथा कन्स्नरटेटर ल्याइएको थियो । अब, सातै प्रदेशमा एक–एक अक्सिजन प्लान्ट स्थापना गरिदैछ ।

अध्यक्षका उम्मेदवार डा. केसीले अन्र्तराष्ट्रिय श्रमबजारमा हासिल गरिएका ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकासमा लगाएर समृद्ध बनाउनु नै आफ्नो ध्येय रहेको बताएका छन् । उनका अनुसार यसका लागि नेपाल सरकारसँग सहकार्य गरी श्रम तथा सीप बैंक स्थापना गरिनेछ ।

पढौंँ, अध्यक्षका उम्मेदवार डा. केसीका प्रतिबद्धताहरु :

– व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी
– वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित,मर्यादित र सुरक्षितबनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने ।
– वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने ।
– विदेशमा रहेका नेपाली श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा योजनामा सहभागी गराउने ।
– अन्र्तराष्ट्रिय श्रमबजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी श्रम तथा सीप बैंक स्थापना गर्ने ।

– वैदेशिक रोजगार कल्याणकारी कोषलाई श्रमिकको समस्या समाधानमा प्रभावकारी ढंगले प्रयोग गर्न पैरवी गर्ने ।
– विदेशमा रोजगारी गुमाई नेपाल फÞर्किएकाहरुको सीप र क्षमताअनुसार नेपालमै रोजगारीको अवसर दिलाउन सरकारसँग समन्वय गर्ने ।
– सुरक्षित, मर्यादित र सम्मानजनक वैदेशिक रोजगारीका लागि कूटनीतिक पहल गर्न सरकारलाई झकझक्याउने ।
– नेपालीहरुले विदेशमा भोग्नुपरेका समस्या समाधानका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्ले स्थापना गरेको कोष थप वृद्धि गरी कार्यक्रम ल्याइने ।
– जोखिमपूर्ण रोजगारीमा जाने व्यक्तिहरुलाई विशेष बीमाको व्यवस्थापन गर्न सरकारसँग नीतिगत पहल गर्ने ।
– रोजगारीका क्रममा मृत्यु भएका तर कागजी प्रक्रिया नपुगेका नेपालीहरुको अलपत्र शव नेपालमा ल्याउन लाग्ने आर्थिक खर्चसरकारले व्यहोर्नुपर्ने नीतिगत व्यवस्था मिलाउन पहल गर्ने ।
– युरोपेली, अमेरिकीओसेनीया क्षेत्र एवंजापान, हङकङ, दक्षिण कोरिया लगायतका देशसहित नयाँ आकर्षक गन्तव्यको पहिचान गरी श्रम सम्झौत गर्न सरकारसँग समन्वय गर्ने ।
– नेपालमा लगानी तथा एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना भएको उक्त फण्डलाई आगामी दिनमा थप बृहत बनाउने ।
– वैदेशिक रोजगारीमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्ने ।
– गैरआवासीय नेपाली र वैदेशिक लगानी आकर्षित गर्न दोहोरो कर छुट सम्बन्धि सम्झौता गर्न सरकारसँग पहल गर्ने ।

हेर्नुहोस् घोषणापत्र :

प्रतिक्रिया दिनुहोस्

LIVE TV