१९ आश्विन २०७८, मंगलवार
  • प्रेम सुनार

गुल्मी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत आजदेखि गुल्मीका ३ पालिकामा मतदान सुरु भएको छ ।

जिल्लामा रहेका २ नगरपालिका सहित १२ पालिकाहरु मध्ये ९ वटामा सर्वसम्मत नेतृत्व चयन भएपनि ३ ओटा पालिकामा सहमति जुट्न नसक्दा मतदान सुरु भएको कांग्रेसका जिल्ला कार्य समिति सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

जिल्लाको मदाने गाउँपालिकामा महेन्द्र थापाको नेतृत्वमा, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल नेतृत्वमा, चन्द्रकोट गाउँपालिकामा बिष्णु प्रसाद भण्डारी सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यस्तै, सत्यवती गाउँपालिकामा बिष्णु प्रसाद भण्डारीको विषयमा पनि सर्वसम्मत हुने सम्भावना बढेको कांग्रेस सत्यवती गाँउपालिकाले जनाएको छ ।

त्यस्तै, ईस्मा गाउँपालिकामा कृष्ण प्रसाद रिजालको र गुल्मी दरवार गाउँपालिकामा प्रेमपुनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ। छत्रकोट गाउँपालिकामा धातानन्द भुषाल र रुरुक्षेत्र गाउँपालिकामा देबेन्द्र मल्लको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयनभएको छ।

जिल्लाको मसिकोट नगरपालिकामा मतदान प्रक्रिया चलिरहेको छ सभापति पदमा झविलाल भण्डारी र मोहन घिमिरे उम्मेदवार रहेका छन् । त्यस्तै, रेसुङ्गा नगरपालिकामा सभापति पदकालागि क्रमश ५ जना हरिकुमार श्रेष्ठ ,भरत भलामी , गगन क्षेत्री ,जयश्वर पन्थी र हुमा बस्नेतको दाबेदारीका रहेको छ ।

त्यस्तै, कालीगण्डकी गाउँपालिकामा अहिले मतदान चलिरहेको र सभापतिमा गोविन्द गौतम, रामप्रसाद न्यौपाने र मिनबहादुर श्रीस उम्मेदवार रहेको कांग्रेस नेता बेद थापामगरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV