१९ आश्विन २०७८, मंगलवार

विराटनगर । जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीको सवारी चालक र अंगरक्षक सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजालशले सवारी ज्यान मुद्दामा सिराहा लक्ष्मीपुर पतार गाउँपालिका २ घर भइ विराटनगर बस्दै आएका ३७ वर्षीय अभियुक्त विन्दुकुमार सिंह र सुनसरीको भोक्राहा ७ का ३८ वर्षीय श्रवणकुमार यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतको आदेशपछि पक्राउ परेका दुवै जना प्रतिवादी मोरङ कारागार चलान भएको जिल्ला अदालत मोरङले जनाएको छ । न्यायाधीश पराजुली चढने बा.१४ च ६०१६ नम्बरको कार मोरङ अदालतभित्र सिक्ने क्रममा सिंहले भदौ २२ गते साढे ४ बजे अदालतको क्यान्टिनभित्र छिराउँदा क्यान्टिन सञ्चालक लक्ष्मी दाहालको मृत्यु भएको थियो ।

खाजा खाँदै गरेकी दाहाललाई अंगरक्षक सिंहले चलाएको कारले क्यान्टिनभित्र छिरेर ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएकी दाहाललाई कोशी अस्पताल पुर्याउनेबितिक्कै चिकित्सकले मृत घोषणा गरेको थियो ।

दाहालको मृत्यु भएपछि सवारी चालक र अंग रक्षक दुबैलाई प्रहरीले पक्राउ गरि सवारी ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको थियो ।

सवारीचालक अनुमतिपत्र नभएका सिंहलाई न्यायाधीशका चालक यादवले कार सिक्न दिएकोले उनी पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV