१९ आश्विन २०७८, मंगलवार

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदसँगै सर्वोत्तम सिमेन्टको सेयर किनबेचमा मुछिएका ढुंगानालाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्रालयको निलम्बनमा परेका ढुंगानालाई मन्त्रिपरिषद् बैठकले असोज ११ गते स्पष्टीकरण सोधेको थियो । तर, चित्त बुझ्दो जवाफ नआएपछि उनलाई पदबाट बर्खास्त गर्ने निर्णय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV